सभामुख अग्नि सापकोटाको सञ्चार विज्ञमा श्रीधर न्यौपाने नियूक्त भएका छन्।
सिन्धुपाल्चोकका न्यौपाने विगत डेढ दशकयता पत्रकारितामा आवद्ध छन्।
२०५८ सालमा कामना प्रकाशनबाट पत्रकारिता सुरु गरेका न्यौपानेले समाचारपत्र दैनिक, रेडियो नेपाल, नेपाल टेलिभिजन लगायत सञ्चार माध्यममा काम गरेको अनुभव संगालेका छन्।
त्रिभुवन विश्वविद्यालयबाट आम सञ्चार पत्रकारितामा स्नातकोत्तर गरेका न्यौपानेले पछिल्लो समय सामुदायिक रेडियो प्रशारण संघको प्रोग्राम म्यानेजरका रुपमा जिम्मेवारी सम्हाल्दै आएका छन्।