नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना पार्टीका सांसदलाई आइतबार राति सरकारीनिवास बालुवाटारमा रात्रिभोज दिने भएका छन्।
रात्रिभोजमा सहभागी हुन नेकपामा सबै सांसदहरूलाई मोबाइलमा म्यासेज आएको छ।
म्यासेजमा लेखिएको छ- २०७६/१०/१९ गते साँझ ६ बजे पिएमनिवास बालुवाटारमा रात्रिभोज आयोजना गरिने भएको हुँदा उपस्थितिका लागि अनुरोध गरिन्छ। ह्विप। सिपिएन।
प्रधानमन्त्री मन्त्रीले ह्विप नै जारी गरी सांसदहरूलाई किन रात्रिभोजमा बोलाएका हुन् भन्ने खुलेको छैन।
केही सांसदहरूले संसदबाट अनुमोदन गर्नुपर्ने अमेरिकी सहयोग परियोजना (एमसिसी)बारे छलफल गर्न रात्रिभोज आयोजना गरेको अनुमान गरेका छन्।