सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय कमिटी बैठक सुरू भएको छ।
बुधबार विहान राष्ट्रिय सभागृहमा बैठक सुरू भएको हो।
बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली अहिले बोलिरहेका छन्।
एकतापछि दोस्रो पूर्ण बैठक बसेको हो।
‘सरकार वा प्रधानमन्त्रीले समय दिन नसकेर बैठक बिलम्ब भयो भन्ने होइन। विविध कारणले हो,’ अध्यक्ष ओलीले भने, ‘भविष्यमा यस्तो बिलम्ब नहुने कुरा स्पष्ट पार्न चाहन्छु।’
बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गर्दैछन्।