प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेका छन्।
बैठकलगत्तै नवनिर्वाचित सभामुख अग्नि सापकोटाले उनलाई सम्बोधन गर्न अनुमति दिएका छन्।
प्रधानमन्त्रीले नवनिर्वाचित सभामुखलाई बधाई दिएका छन्।
सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिएका अग्निले आजदेखि बैठक सञ्चालन गरेका हुन्।
आजको बैठकमा दलीय आधारमा सांसदहरूले नवनिर्वाचित सभामुखलाई बधाई दिने कार्यसूचीमा उल्लेख छ।