नेपाली कांंग्रेसका सभापति शेरबहादुर देउवा निवासमा बसेको पार्टीका शिर्ष नेताको बैठक सकिएको छ।
बुधबार साँझ सकिएको बैठकले ठोस निर्णय गर्न सकेन। कांंग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले दिएको जानकारीअनुसार तीन घन्टा बैठक चलेको थियो।
'विवादका सबै विषयमा नेताहरुबीच सौहार्दपूर्ण छ्लफल भयो,' उनले सेतोपाटीसँग भने, 'शुक्रबार विहान ९ बजे फेरि बैठक बस्छ।'
बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालगायत थिए।
पुस ११ गते देउवा समुहका केन्द्रीय सदस्य मात्रै उपस्थित बैठकले १४ औं महाधिवेशनलगायत निर्णय गरेपछि पौडेल र सिटौला रुष्ट छन्। उनीहरुलाई सहमतिमा ल्याउन देउवाले छ्लफल गरेका हुन्।