नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले संसदबाट एमसिसी पारित गर्नुपर्ने बताएका छन्।
उनले एमसिसी अनुदानलाई खेर जान दिन नहुने पनि बताए।
पोखरामा सोमबार पत्रकारहरूसँग कुराकानी गर्दै महतले भने, ‘अमेरिकी सरकारले दिएको यो ठूलो अनुदान रकम हो। यसलाई सदनबाट पारित गर्नुपर्छ, खेर जान दिन हुँदैन।’
एमसिसीलाई लिएर अनावश्यक चर्चा र शंका गरिराख्नु नपर्ने उनले बताए। फरक प्रसंगमा महतले नागरिक अधिकार कुण्ठित गर्ने गरी विधेयकहरू ल्याएको भन्दै सरकारको आलोचना गरे।
‘नागरिक स्वतन्त्रता हनन् हुने गरी सरकारले विधेयक ल्याएको छ,’ उनले भने।
उनले सरकारले भ्रष्टाचारलाई बढावा दिएको पनि दाबी गरे।