ललितपुरबाट विप्लव नेतृत्व नेकपाका दुई जना जिल्लास्तरीय नेता पक्राउ परेका छन्।
बुधबार दिउँसो ललितपुरका जिल्ला सेक्रेटरी तथा पूर्वइन्चार्ज रमेश डंगोल र युवा संगठन प्रमुख सन्तमान स्याङतान पक्राउ परेका ललितपुरका डिएसपी सन्तोष तामाङले बताए।
उनीहरूलाई ललितपुरको तिखिदेवलबाट पक्राउ गरिएको उनले बताए।
ललितपुरस्थित एनसेल टावरमा क्षति पुर्याएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो।