सुनसरीको बराहक्षेत्र नगरपालिका १ चतराघाटको दुधपानी खोलामा टाउको छुट्याइएकाे अवस्थामा एक महिलाको शव फेला परेको छ।
चतरा रामपुर सडकखण्डबाट करिब पाँच सय मिटर उत्तर जंगलमा, तराईमुलकी जस्तो देखिने अन्दाजी ३५/३६ वर्षीया महिलाको नचिनिने अवस्थामा शव भेटिएको हो।
सुनसरी प्रहरीका अनुसार टाउको र जीउ अलग अलग स्थानमा भेटिएको हो। मंगलबार दिउँसो जंगलमा घाँस काट्न गएका व्यक्तिले सो सूचना ल्याएपछि प्रहरीले शवको मुचुल्का उठाएको हो।
शवभन्दा करिब २१ फिट पर सढेको अवस्थामा मृतकको टाउको भेटिएको इलाका प्रहरी कार्यालय चक्रघट्टीका प्रहरी निरीक्षक शरणकुमार दाहालले बताए। उक्त शव हत्या गरी फालिएको प्रहरीको प्रारम्भिक अनुसन्धान छ।
लाशसँगै,तन्ना, पछ्यौरा, क्यारिङ ब्याग, किचन चक्कु र छाप लगाउने स्ट्याम्प पनि भेटिएको दाहालले बताए। उक्त शव पहिचानका लागि प्रहरीले खोजी गरिरहेको उनले जनाए।
शव पोष्टमार्टमको लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ।