नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले मोरङका विभिन्न ठाउँका स्थानीय बासिन्दालाई न्यानो कपडा वितरण गरेका छन्।
नोना कोइराला स्मृति प्रतिष्ठानमार्फत् कोइरालाले विराटनगर महानगरपालिका वडा नम्बर ५, ६ र १२ का निम्न आय भएका स्थानीय बासिन्दालाई न्यानो कपडा वितरण गरेको कोइरालाका सहयोगी दिनेशचन्द्र थपलियाले जानकारी दिए। कोइराला प्रतिष्ठानका संरक्षक पनि हुन्।