सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको भातृ विद्यार्थी संगठन अनेरास्ववियुले स्ववियु निर्वाचनमा होमिने निर्णय गरेको छ।
फागुन १४ गते हुने स्ववियु निर्वाचनको तयारीमा जुट्न अनेरास्ववियुले आग्रह गरेको नेता सुरेन्द्र बस्नेतले जानकारी दिए।
काठमाडौंमा भएको अनेरास्ववियुको केन्द्रीय कमिटी बैठकमा संयोजक ऐन महरले सम्पूर्ण रूपले स्ववियु निर्वाचनमा होमिने राजनीतिक तथा शैक्षिक प्रतिवेदन पेश गरेका थिए।
एकतापछि अनेरास्ववियु केन्द्रीय कमिटी तीन सय ३५ सदस्यीय बनेको छ।