नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल स्वास्थ्य उपचारका लागि भारतको नयाँ दिल्ली गएका छन्।
सोमबार पौडेल नयाँ दिल्ली गएका हुन्।
नेपालका विभिन्न अस्पतालमा परीक्षण गर्दा रक्तचापको रिपोर्ट फरक-फरक देखिएपछि उनी नयाँ दिल्ली गएका हुन्।
पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीका अनुसार भारतमा रहँदा पौडेलले राजनीतिक भेटघाट गर्ने पनि संभावना छ।
पौडेलले आइतबार सभापति शेरबहादुर देउवालाई भेटेका थिए।
सभापति देउवाले आफूसँग परामर्श नगरी १४ औं महाधिवेशनको कार्यतालिका ल्याएको र विधानविपरीत सदस्यतासम्बन्धी धारा निलम्बन र विभाग थप्ने निर्णय गरेपछि उक्त निर्णय सच्याउन पौडेलले दबाब दिँदै आएका थिए।
पुस ११ मा देउवाले आफू पक्षका केन्द्रीय समिति सदस्यको उपस्थितिमा महत्वपूर्ण निर्णय गरेपछि पौडेलको दौडधुप बढेको थियो।
उनले तीन दिनसम्म जिल्ला सभापति भेला पनि गरेका थिए।