काठमाडौंको बौद्धमा आइतबार साँझ गोली चलेको छ।
ज्यानमारा मुद्दाका फरार अभियुक्त सिन्धुपाल्चोकका विष्णु लामा तामाङलाई पक्राउ गर्न प्रहरीले गोली हानेको हो।
बौद्धस्थित जम्भुडाँडामा प्रहरीले तामाङलाई गोली हानेको थियो।
गोली लागेका तामाङ घाइते छन्।
उनको दाहिने खुट्टाको घुँडामुनि गोली लागेको महानगरीय अपराध महाशाखाका एसएसपी सहकुल थापाले सेतोपाटीलाई जानकारी दिए।
‘भाग्न खोजेपछि नियन्त्रणमा लिग गोली चलाउनुपरेको हो,’ उनले भने।
घाइते तामाङलाई उपचारका लागी वीर अस्पताल लगिएको प्रहरीले जनाएको छ। तामाङमाथि बालिका हत्या अभियोगमा मुद्दा छ।