नुवाकोट पञ्चकन्या गाउँपालिका-५का वडा सदस्य जनार्दन पौडेलले आत्महत्या गरेका छन्।
शनिबार बिहान घरबाट खेत जान निस्केका पौडेल नफर्किएपछि परिवारले खोजी गरेका थिए।
साँझ ६ बजे उनी रूखमा झण्डिएको अवस्थामा फेला परेको गाउँपालिका अध्यक्ष तेजबहादुर गुरूङले जानकारी दिए।
उनको शव पोर्टमार्टम सकाएर आइतबार साँझ अन्त्येष्टि गरिने अध्यक्ष गुरुङले बताए।
घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका एसपी अविनारायण काफ्लेले बताए।