प्रतिनिधि सभाको आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक सूचना टाँसेर माघ ६ गतेसम्म स्थगित गरिएको छ।
संसद सचिवालयले सूचना टाँसेर माघ गते दिउँसो १ बजेका लागि अर्को बैठक बोलाएको हो।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेपाल कम्युनिष्ट पार्टी नेकपाका शीर्ष नेताहरूसँग बालुवाटारमा भएको भेटमा उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई बैठक स्थगित गर्न सुझाव दिइएको उच्च स्रोतले सेतोपाटीसँग बतायो।
शीर्ष नेताहरूले आग्रह गरेपछि तुम्बाहाङ्फेले बैठक स्थगित गर्न आफू तयार भए पनि पटक-पटक सूचना टाँसेर बैठक रोक्दा राम्रो सन्देश नजाने बताएकी थिइन्।
भेटका क्रममा तुम्बाहाङ्फेले पार्टीले आफूलाई राजीनामा दिन भनी गरेको निर्णयको औपचारिक पत्र पनि मागेकी थिइन्।
भेटमा प्रधानमन्त्री ओलीसँगै अर्का अध्यक्ष प्रचण्ड, उपप्रधानमन्त्री ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल सहभागी थिए।
यसअघि तुम्बाहाङ्फेले शनिबार बसेको नेकपा पार्टी सचिवालय बैठकले दिन राजीनामा गरेको निर्णयबारे आफूलाई थाहा नभएको बताएकी थिइन्।