उपसभामुख शिवमाया तुम्बाहाङ्फेले आफू आजको संसद बैठक चलाउने तयारीमा रहेको बताएकी छन्।
आइतबार बिहान सेतोपाटीसँग कुराकानी गर्दै उपसभामुख तुम्बाहाङफेले यसअघि तय भएको कार्यसूचीअनुसार आफू अगाडि बढ्न लागेको बताइन्।
प्रतिनिधि सभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ।
शनिबार बसेको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले तुम्बाहाङफेलाई उपसभामुखबाट राजीनामा दिन लगाउने निर्णय गरेको थियो।
नेकपाको उक्त निर्णयबारे आफूलाई कुनै जानकारी नभएको तुम्बाहङफेले बताइन्।
‘मलाई थाहा छैन त कुन पार्टीले के निर्णय गरेछ। कांग्रेसले कि राजपाले कसले गरेछ मलाई भन्नुस त?,’ उनले भनिन्, ‘कुन पार्टीले के निर्णय गर्यो मलाई थाहा छैन। कांग्रेस, कम्युनिष्ट, राजपा फोरम कसले के निर्णय गर्छ भन्ने मलाई थाहा छैन।’
संविधान र ऐनले भनेकोबाहेक आफूले अरू नजान्ने समेत उनले बताइन्।
यसैबीच सभामुखबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच अहिले बालुवाटारमा भेट भइरहेको छ।
स्रोतका अनुसार दुई अध्यक्षबीच आजको संसद कसरी सुचारू गर्ने भन्ने विषयमा पनि छलफल भइरहेको छ।