शुक्रबार बोलाइएको नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक स्थगित भएको छ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मंसिर २९ देखि बस्ने स्थायी समिति बैठकमा पेस गर्ने प्रतिवेदन लेखनमा व्यस्त भएपछि सचिवालय बैठक स्थगित भएको छ।
‘अध्यक्षज्यू प्रतिवेदन लेखिरहनु भएकाले आज बैठक स्थगित भएको छ। अब भोलि बस्न सक्छ,’ प्रचण्डका प्रेस सहयोगी बिष्णु सापकोटा जुगलले भने।
१ वर्षपछि बस्न लागेको स्थायी समिति बैठकमा पार्टी विधान संशोधनको प्रस्ताव राख्ने तयारी छ।
प्रचण्डले पार्टीको कार्यदिशा परिवर्तन गर्ने र उपाध्यक्ष पद थप्ने गरी विधान संशोधनको प्रस्ताव ल्याउन लागेको बताइएको छ।