कास्की क्षेत्र नं २ मा नेपाल कम्युनिष्ट पार्टी नेकपाबाट निर्वाचित विद्या भट्टराईले आफूलाई पत्रपत्रिकामा बधाई प्रकाशन नगर्न अनुरोध गरेकी छिन्।
उनले बधाई दिनेप्रति धन्यवाद ज्ञापन गर्दै पत्रपत्रिकामा बधाई प्रकाशन नगरीदिनुहुन अनुरोध गरेकी हुन्।
‘मलाई प्रत्यक्ष भेटेर, फोन र सामाजिक सञ्जाल मार्फत शुभकामना एवं बधाई दिनुहुने मतदाता, अग्रज, शुभेच्छुकहरुमा अन्तरहृदयदेखि हार्दिक कृतज्ञता ज्ञापन गर्दछु’ उनले आफ्नो ट्वीटर मार्फत भनिन्, ‘म यहॉहरूसमक्ष, पत्रपत्रिकामा बधाई प्रकाशन नगरीदिनुहुन पनि विनम्र अनुरोध गर्दछु।’
साथै अत्याधिक मत र विश्वासले आफ्नो थप जिम्मेवारी बढेको उनले बताइन्।