कर्णाली प्रदेशको कालिकोट जिल्ला रास्कोट नगरपालिकाको शान्तिघाटदेखि उत्तरपूर्वी क्षेत्रमा पर्ने जंगलमा बम विस्फोट भएको छ।
बम कसले विस्फोट गराएको भन्नेबारे यकिन जानकारी नभएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लोकनाथ तिमिल्सेनाले जानकारी दिए।
‘बम कसले पड्काएको भन्ने त थाहा भएन, कार्यक्रम स्थलदेखि उत्तरपूर्वमा रहेको जंगलमा पटाका पड्किएजस्तो आवाज सुनिएको भनेर प्रहरीले टिपाएको छ,’उनले भने।
सोमबार बिहान ऊर्जामन्त्री वर्षमान पुन र मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहितको टोली कालीकोटमा निर्माणाधीन फुकोट कर्णाली हाइड्रोको अनुगमनमा गएका थिए।
मुख्यमन्त्री शाही र ऊर्जामन्त्री पुनलाई लक्षित गर्दै कालीकोटमा बम विस्फोट गराइएको अनुमान प्रहरीले गरेको छ।