राष्ट्रपति विद्यादेवी भण्डारीले श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति गोतबाया राजापाक्षेलाई बधाई दिएकी छन्।
सोमबार दिउँसो राष्ट्रपति भण्डारीले ट्वीट गर्दै उनलाई बधाई दिएकी हुन्।
‘श्रीलंकामा हालै सम्पन्न भएको राष्ट्रपतीय निर्वाचनमा निर्वाचित हुनुभएका श्री गोतबाया राजापाक्षेलाई हार्दिक बधाई दिन चाहन्छु’, राष्ट्रपति भण्डारीले ट्वीट गर्दै भनेकी छन्,‘महामहिम राष्ट्रपतिज्यूको कार्यकालमा नेपाल र श्रीलंकाबीचको मैत्रीपूर्ण सम्बन्ध थप प्रगाढ हुनेमा विश्वस्त छु।’
यसअघि आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले पनि उनलाई बधाई दिएका थिए।
शनिबार भएको राष्ट्रपतीय निर्वाचन पूर्वराष्ट्रपति महिन्दा राजापाक्षेका भाइ गोतबाया राष्ट्रपति निर्वाचित भएका थिए। राजापाक्षेले सत्तारूढ दल युनाइटेड नेशनल पार्टीका उम्मेदवार सजिथ प्रेमदासालाई हराएका हुन्।