प्रधानमन्त्री केपी शर्मा ओलीले ६० मेगावाटको माथिल्लो त्रिशूली थ्री ए जलविद्युत परियोजनाको सिंहदरबारबाट उद्घाटन गरेका छन्।
बिहान ११ बजे डिजिटल प्रविधि प्रयोग गरेर प्रधानमन्त्री ओलीले सिंहदरबारबाटै नुवाकोटको किसपाङ गाउँपालिकामा रहेको उक्त परियोजनाको उद्घाटन गरेका हुन्।
परियोजना उद्घाटन समारोहमा भाग लिन ऊर्जामन्त्री वर्षमान पुन भने नुवाकोटको किसपाङ गाउँपालिका पुगेका थिए।। सो परियोजनाले आठ महिनाअघि नै विद्युत उत्पादन सुरू गरेको थियो।