कुवेतका प्रधानमन्त्री शिख जबर अल–मुबारक अल–हमाद अल–सबाहले बिहीबार राजीनामा दिएका छन्। उनले गल्फ कुवेती शासकसमक्ष राजीनामा बुझाएको कुवेतका प्रवक्ताले जानकारी दिए।
मंगलबार कुवेती सांसदहरुले अविश्वासको मत दर्ता गरेपछि उनले स्वतः राजीनामा दिएको रोयटर्सले जनाएको छ। कुवेतमा अविश्वासको मत दर्ता गर्नेवित्तिकै राजीनामा दिने प्रचलन छ।
उनको राजीनामा भने कुवेती शासक स्वीकार गर्न बाँकी छ। राजीनामा पारित भएसँगै नयाँ क्याबिनेट बनाउनुपर्ने हुन्छ। प्रधानमन्त्रीले अधिकारको दुरुपयोग गरेको सांसदहरुले आरोप लगाउँदै आएका छन्। यद्यपी प्रधानमन्त्रीले उक्त आरोप गलत रहेको दाबी गरेका छन्।