चार दिने नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति अब्दुल हमिदसँग प्रधानमन्त्री केपी शर्मा ओलीको भेटवार्ता भएको छ।
काठमाडौंमा बुधबार दिउँसो राष्ट्रपति हमिदसँग भेट गर्दै प्रधानमन्त्री ओलीले द्विपक्षीय हितका बारेमा कुराकानी गरेका हुन्।
बुधबार नै राष्ट्रपति हमिदले राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कांग्रेस सभापति देउवा र सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका थिए।
राष्ट्रपति हमिद मंगलबार नेपाल आएका हुन्। उनी शुक्रबार स्वदेश फर्कनेछन्।