चार दिने नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति अब्दुल हमिद र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ।
पानीपोखरीस्थित होटल मेरियटमा बुधबार दिउँसो राष्ट्रपति हमिद र सभापति देउवाबीच भेटवार्ता भएको हो। भेटमा नेपाल र बंगलादेशबीचको सम्बन्ध थप मजबुत बनाउने विषयमा छलफल भएको देउवाले बताएका छन्।
देउवाले भनेका छन्, ‘बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदजीलाई नेपालमा न्यायो स्वागत। उहाँसँग भएको भेटवार्तामा नेपाल र बंगलादेशबीचको सम्वन्ध थप मजबुत बनाउनेलगायतका विषयमा छलफल भयो। उहाँको नेपाल बसाई सुखद रहोस्।’