प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ दाङले भारतविरूद्ध प्रदर्शन गरेको छ।
भारतले एकतर्फी रूपमा नेपाली भू–भाग आफ्नो नक्सामा समावेश गरेको विरोधमा नेविसंघको नेतृत्वमा विरोध प्रदर्शन भएको हो।
‘राष्ट्रियता संरक्षणमा सम्पूर्ण नेपाली एक हौं, लिम्पियाधुरा, कालापानी, लिपुलेख हाम्रो हो, गिद्धेनजर नलगा,हाम्रो आमामा मनपरी हैन, अब हाम्रो सीमानामा, सीमा मिच्न पाइँदैन,यस्ता छिमेकी चाहिँदैन,’ भन्ने जस्ता प्लेकार्ड बोकेका विद्यार्थीले नाराबाजी गर्दै तुलसीपुर बजार परिक्रममा गरेका थिए।
प्रदर्शनमा तुलसीपुर क्षेत्रमा रहेका मावि ग्रेट अरनीको,राप्ती बबई क्याम्पस,ज्ञानज्योती,गोरखा मावि लगायतका शैक्षिक संस्थाबाट सयौं विद्यार्थी सामेल थिए।
परिकर्मापछि तुलसीपुरको वीपी चोकमा आयोजित सभालाई सम्वोधन गर्ने बक्ताहरुले नेपाली भूमी समावेश गरि भारतले एकतर्फी रुपमा निर्माण गर्नुले उस्को नियत उदांगो भएको भन्दै तत्काल त्यो सच्याउन माग गरेका थिए । बक्ताहरुले भारतको हेपाहा र मिचाहा प्रवृति नसहने बरु त्यसका विरूद्ध जाइलाग्नु परे तयार रहेको बताएका थिए ।
नेपाल विद्यार्थी सघं दाङका कार्यवाहक अध्यक्ष टोपबहादुर बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा नेविसंघ दाङका सदस्य सुवास डिसी,घनश्याम भण्डारी, राप्ती बबई क्याम्पस तुलसीपुरका स्ववियु सभापति अनिल कार्की,क्याम्पसका ईकाइ सभापति बशन्त बस्नेत, नेविसघं तुलसीपुर उपमहानगरकाका सयोजंक राजिव पाण्डे,विद्यार्थी नेता जितेन्द्र प्रकाश वली, नेपाल तरुण दलका जिल्ला उपाध्यक्ष मुक्तिप्रसाद न्यौपाने लगाएतले राष्ट्र र राष्ट्रियता सरक्षण गर्न सबै सेचत नागरिक एक हुनुपर्ने बताएका थिए ।