नेपालका लिपुलेक, कालापनीलगायत भूमि समेटेर भारतले नयाँ राजनीतिक नक्सा जारी गरेको विरोधमा बुधबार पनि नेपाल विद्यार्थी संघले प्रदर्शन गरेको छ।
नेपालटारको ग्रामीण र एनआर कलेजका नेविसंघले भारतीय हस्तक्षेपविरूद्ध बालाजुमा प्रदर्शन गरेका हुन्।
नेविसंघका पूर्वकेन्द्रीय सदस्य सुशील भट्टले नेपाल सरकारलाई छिटो भारतसँग वार्ता गरी अतिक्रमित भूमि फिर्ता ल्याउन र नक्सा सच्याउन दबाब दिन प्रदर्शन गरिएको जानकारी दिए।
भारतले भने नक्सामा नेपालका भूमि समावेश नगरिएको दाबी गरेको छ। तर नेपालमा भारतले जारी गरेको नक्साविरूद्ध दिनहुँ प्रदर्शन भइरहेको छ।