प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुरको भैंसेपाटीमा मन्त्री निवास शिलान्यास गरेका छन्।
सोमबार शिलान्यास गरिएको भवन संघीय सरकारको मन्त्री निवास र प्रदेश सरकारका मुख्यमन्त्रीदेखि मन्त्रीसम्मले प्रयोग गर्ने छन्।
सरकारले एक सय २५ रोपनी क्षेत्रफलमा मन्त्री निवास बनाउन लागेको हो।
करिब ९७ करोड ११ लाख लगानीमा बन्ने भवन केसी समानान्तर जेभीले ठेक्का पाएको छ।
हरिहर भवनस्थित मन्त्री निवास साघुँरो भएको भन्दै २०७५ सालमा सरकारले नयाँ मन्त्री निवास बनाउने निर्णय गरेको थियो।
भवन शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले तोकिएको समयभित्रै निर्माण सम्पन्न गर्न निर्देशन दिए।