धर्म परिवर्तनका लागि प्रचार प्रसार गरेको अभियोगमा सल्यान प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । क्रिश्चियन धर्ममा परिवर्तन हुन भन्दै प्रचारप्रशार गरेको अभियोगमा दाङका तीन र रोल्पाका एक जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।
क्रिश्चियन धर्म प्रचारको लागि दाङबाट सल्यान गएका तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ दुधेना निवासी २० वर्षीय तुलबहादुर परियार, तुलसीपुर वडा नं. ६ निवासी २१ वर्षीया रुपा सुनाम, घोराही उपमहानगरपालिका वडा नं. १५ रामजानकी टोल निवासी २९ वर्षीया चन्द्रकली रावत र रोल्पा जिल्लाको रोल्पा नगरपालिका वडा नं. ६ झिङग्सिल निवासी ३० वर्षीया भिमकुमारी विकलाई पक्राउ गरिएको सल्यान प्रहरीले बताएको छ।