नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका एक केन्द्रीय सदस्य पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार केन्द्रिय सदस्य हेमन्त जिसीलाई प्रहरीले घोराही बजार बाट पक्राउ गरेको हो ।
घोराहीको ट्राफिक चोकवाट शनिबार बेलुका जिसीलाई पक्राउ गरिएको एकजना प्रहरी अधिकारीले सेतोपाटीलाई बताए ।
‘सुराकीको आधारमा हामीले जिसीलाई जिल्लाको लमहीवाट घोराही आउने बित्तिकै पक्राउ गरेका हौं,’ ती अधिकारीले भने ‘ पक्राउ परेका जिसीवारे थप अनुसन्धान भइरहेको छ।’
पक्राउ परेका जिसीलाई जिल्ला प्रहरी कार्यालय घोराहीमा राखिएको प्रहरीले बताएको छ ।