प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायतका नवनियुक्त प्रधानमन्त्री बोरिस जोन्सनलाई बधाई दिएका छन्।
बिहीबार ट्वीट गर्दै प्रधानमन्त्री ओलीले जोन्सनलाई बधाई दिएका हुन्।
‘तपाईंको सफल कार्यकाल र बेलायती जनताको शान्ति, प्रगति र सम्मृद्धिका लागि शुभेच्छा व्यक्त गर्दछु,’ प्रधानमन्त्री ओलीले भनेका छन्, ‘ हाम्रो दुई पक्षीय सम्बन्धलाई अझ मबजुद बनाउन तपाईंसँग काम गर्न चाहन्छु।’
यो ट्वीटमा प्रधानमन्त्रीले एउटा ट्वीट ह्यान्डल पनि मेन्सन गरेका छन्। तर त्यो ह्याण्डल जोन्सनको कार्यालय र व्यक्तिगत पनि नभई नक्कली हो।
गलत ह्याण्डलमा मेन्सन भएपछि प्रधानमन्त्रीले बेलायती प्रधानमन्त्रीको सरकारी ह्याण्डललाई मेन्सन गरी फेरि ट्वीट गरेका छन्।
यसअघि गत मंगलबार जोन्सनले बेलायतको कन्जरभेटिभ पार्टीका नेता चुनिएका थिए। उनले बुधबार बेलायतको प्रधानमन्त्रीको सपथ लिएका छन्। सम्झौता (डिल) भए पनि नभए पनि बेलायतलाई अक्टोबर ३१ सम्म युरोपियन युनियनबाट अलग गर्ने वाचा गरेर जोन्सन प्रधानमन्त्री बनेका छन्।