निर्वाचन आयोगले स्थानीय तहमा रिक्त रहेका जनप्रतिनिधिको विवरण माग गरेको छ।
२०७४ सालमा भएको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधि आफ्नो कार्यकाल पूरा नहुँदै कुनै कारणले पद रिक्त भएको छ भने विवरण पठाइदिन आयोगले माग गरेको हो।
आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पत्र पठाएर स्थानीय तहबाट रिक्त रहेका जनप्रतिनिधिको विवरण माग गरेको छ।
आयोगले जिल्ला समन्वय समितिको प्रमुख/उपप्रमुख, नगरपालिका प्रमुख/उपप्रमुख, वडाध्यक्ष, गाउँपालिकाको प्रमुख/उपप्रमुख र वडाध्यक्ष रिक्त भएको भए तीन दिनभित्र विवरण मन्त्रालयलमा पठाइदिन आग्रह गरेको हो।
मन्त्रालयका शाखा अधिकृत खेमराज जोशीले स्थानीय तहमा पठाएको पत्रमा पटक/पटक पत्राचार गरे पनि स्थानीय तहले विवरण नपठाएको भन्दै विवरण नपठाए प्रमुख प्रशासकीय अधिकृत जिम्मेवार हुने चेतावनी दिएका छन्।