कर्णाली नदी नियन्त्रण आयोजनाका तीन इञ्जिनियर १५ लाख घूससहित पक्राउ परेका छन्।
शनिबार बर्दियाको गेरुवा गाउँपालिकाबाट गाडीमा सवार इञ्जिनियरहरू कमल सिटौला, विश्वेश्वरप्रसाद शाह र हरीप्रसाद चौधरी र चालक टंकप्रसाद ओझालाई अख्यितारको टोलीले नियन्त्रणमा लिएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए।
‘उनीहरूलाई घूससहित पक्राउ गरिएको हो’, उनले भने, ‘ विकास निर्माण भुक्तानीको विषयमा घूस लिएको भन्ने बुझिएको छ, अनुसन्धान हुँदैछ।’
पक्राउ परेकामाथि अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।