नेपाल सरकारले प्रत्येक प्रदेशका नगरपालिका प्रमुख र उपप्रमुखमध्येबाट कम्तीमा तीन जना महिलासहित सात जनालई नगर विकासको सञ्चालक समितिको सदस्य पदमा मनोनयन गर्ने निर्णय गरेको छ।
बिहिबार नियमित पत्रकार सम्मेलनमा सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै नगर विकासको सञ्चालक समितिको सदस्य पदमा प्रदेश १ दमक नगरपालिकाकी उपमेयर गीता अधिकारी,वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगी, भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाललाई मनोनय गरिएको बताए।
यस्तै, गण्डकी प्रदेश पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी, प्रदेश ५ बुटवल उपमहानगरपालिकाका शिवराज सुवेदी, कर्णाली प्रदेश वीरेन्द्रनगर नगरपालिकाकी उपमेयर मोहनमाया भण्डारी र सुदूरपश्चिम प्रदेश गौरीगंगा नगरपालिकाका भीम देउवालाई मनोनय गर्ने निर्णय गरिएको उनले जानकारी दिए।