नेपाल विद्यार्थी संघले बाढीपहिरो र डुबान पीडितका लागि सहयोग संकलन गरिराखेको छ।
काठमाडौंका विभिन्न ठाउँमा पुगेर नेविसंघले सहयोग रकम र कपडालगायत जिन्सी सामग्री सहयोग संकलन गरिराखेको हो।
बुधबार नेपालटार, बालाजु बाइपास, माछापोखरीलगायत ठाउँमा सहयोग संकलन गरिएको नेविसंघ नेता सुशील भट्टले जानकारी दिए।
अहिलेसम्म ४९ हजार पाँच सय ७१ नगद राहत संकलन गरिएको छ।
केही दिन राहत संकलन गरेर पीडितलाई वितरण गर्ने नेविसंघले जनाएको छ।