नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघले बाढीपहिरो तथा डुबान पीडितका लागि सहयोग रकम संकलन सुरू गरेको छ।
सोमबार काठमाडौंका भोटाहिटी, कोटेश्वर, भृकुटीमण्डप, बसन्तपुरलगायत ठाउँमा सहयोग संकलन गरिएको हो।
नगद र जिन्सी सहयोग गरिएको नेविसंघले जनाएको छ।
सोमबार करिब ५० हजार बराबरको राहत सहयोग संकलन भएको नेविसंघ नेता नवराज त्रिपाठीले बताए।
संकलन भएको राहत पीडितसमक्ष वितरण गर्ने नेविसंघका मनिष सिंखडाले जानकारी दिए।
नेविसंघ पूर्वमहामन्त्री कुन्दनराज काफ्लेले विज्ञप्ति जारी गरेर देशभरका नेविसंघलाई बाढीपहिरो र डुबान पीडितको उद्धार तथा राहत कार्यमा जुट्न आग्रह गरेका छन्।