अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सुर्खेत जिल्ला वन अधिकृत भक्तबहादुर लामालाई ४ लाख घूससहित पक्राउ गरेको छ।
शुक्रबार अख्तियार कार्यालय सुर्खेतको टोलीले उनलाई जिल्ला वन कार्यालयबाटै रंगेहात पक्राउ गरेको हो।
जंगली काठको छुटपूर्जाको समय मिलाइदिने भन्दै उनले सेवाग्राहीसँग ४ लाख मागेको अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले बताए।
उनले घूस मागेको सूचना पाएपछि अख्तियारले उनीमाथि निगरानी बढाएको थियो। घूस लिइसकेपछि घुस रकमसहित उनलाई पक्राउ गरेको हो।
उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको अख्तियारले जनाएको छ।