नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको स्वकीय सचिवालयलले र पूर्वभारतीय राजदूत श्यामशरणबीच भेट भएको समाचारप्रति ध्यान गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
अध्यक्ष प्रचण्डका स्वकीय सचिव गंगा दाहालले हालसालै कुनै पनि भारतीय व्यक्ति वा निकायसँग प्रचण्डको गोप्य भेटघाट नभएको बताइन्।
उनले प्रचण्डका कुनै पनि कुटनीतिक भेटघाटहरु गोप्य र रहस्यमय नभएको भन्दै बरू पारदर्शी र सरकारी निकायसँगको समन्वयमै गरिरहेको स्पष्ट पारेकी छिन्।
‘तसर्थ, त्यससंग जोडेर गरिएका प्रचारबाजीहरु असत्य, नियोजित र दुराषययुक्त छन्,’ दाहालले आफ्नो फेसबुक स्ट्याटसमा लेखेकी छन्।
यस्तै तरकारीको विषादी परीक्षण प्रकरणमा पनि अध्यक्ष प्रचण्डको कुनै पनि संलग्नता नरहेको उनको स्वकीय सचिवालयले स्पष्ट पारेको छ।
भारतीय पूर्वराजदूत श्यामशरणले प्रचण्डसँग सुटुक्कै भेटेको विषयमा सेतोपाटीले बिहीबार समाचार छापेको थियो।
पढ्नुस्: