चीन भ्रमणमा रहेका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले चिनियाँ समकक्षी वाङ यीसँग भेटवार्ता गरेका छन्।
बेइजिङस्थित नेपाली राजदूतावासका अनुसार बुधबार दिउँसो दुई नेताबीच ग्रेट हल अफ द पिपुलमा भेटवार्ता भएको हो।
भेटवार्ताका क्रममा उनीहरूबीच दुई पक्षीय सम्बन्धलाई थप मजबुद् बनाउने र आपसी सहयोग बढाउनेबारेमा छलफल भएको दूतावासले जनाएको छ।
आजै मन्त्री ज्ञवालीले दूतावासमा आयोजित एक कार्यक्रममा बेइजिङमा रहेका नेपाली बुद्धिजीवीहरूसँग अन्तर्क्रिया गरेका छन्।
बुधबार साँझ मन्त्री ज्ञवाली दूतावासले आयोजना गरेको रात्रीभोजमा सहभागी भएका छन्।