प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’समूहका कार्यकर्तालाई पक्राउ गरेको छ।
महानगरीय प्रहरी वृत्त बालाजुले ४२ वर्षीय सागर तामाङलाई काठमाडौंको तारकेश्वर नगरपालिकाबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय नुवाकोटलाई बुझाएको प्रहरी निरीक्षक विष्णुहरि फुयाँलले जानकारी दिए।
तामाङमाथि २०७५ साउन २९ गते शिवपुरी गाउँपालिका–८ बोहोरे खोला नजिक सडकमा राखिएको बा४ख ८५१६ नं को टिपरमा आगजनी गरेको आरोप छ।