प्रधानमन्त्री केपी शर्मा ओलीको विचारको संगालो पुस्तक विमोचन गरिएको छ।
मदन भण्डारी फाउन्डेशनले शनिबार काठमाडौंमा गरेको नेपालको लोकतान्त्रिक आन्दोलनमा जननेता मदन भण्डारी विचार गोष्ठीको अबसरमा उक्त पुस्तक विमोचन गरिएको हो।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पुस्तक विमोचन गरेका थिए।
प्रधानमन्त्री ओलीले ‘म प्रधानमन्त्री हुनुको उद्देश्य’लगायत विषयबस्तु समेटेर पुस्तक निकालेका हुन्।