कञ्चनपुरको डोके बजार क्षेत्रमा दुई पक्षका कार्यकर्ताबीच तनाव भएको प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले जानकारी दिए।
मंगलबार दिउँसो दुई पक्षबीच हात हालाहालको अवस्था सिर्जना भएको उनको भनाइ छ।
‘कालो झण्डा देखाउन खोजेपछि तनाव भएको रहेछ। अहिले स्थिति सामान्य भइसक्यो मन्त्रीज्यू कार्यक्रममा गइसक्नुभएको छ,’ वैद्यले सेतोपाटीसँग भने।
खानेपानी मन्त्रीले जनअपेक्षा अनुसार नसकेको भन्दै कांग्रेस कार्यकर्ताले कालो झण्डा देखाउन खोजेपछि दुई पक्षबीच झडप भएको हो।
पुनर्वास नगरपालिकाको नगरसभा उद्घाटनका लागि मन्त्री मगर जाँदै गर्दा बाटोमा दुई पक्षका कार्यकर्ताबीच झडप भएको हो।
झडपबाट केही कार्यकर्ता घाइते भएको जानकारी आएको उनले बताए।
कांग्रेसका क्षेत्रीय सभापति गोपी उपाध्यक्ष, तरुण दलका राम खड्का, विक्रम चन्द घाइते छन्।
उनीहरूको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको बताइएको छ।