प्रतिनिधिसभाबाट आर्थिक वर्ष २०७६/७७ को बजेट पारित भएको छ।
अर्थमन्त्री युवराज खतिवडाले प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक पारित गर्न प्रस्ताव राखेका थिए।
बैठकको बहुमतले बजेट पारित गरेको हो।
आर्थिक वर्ष २०७६/७७ का लागि अर्थमन्त्री खतिवडाले १५ खर्ब ३२ अर्बको बजेट पेस ल्याएका थिए।
आगामी वर्षका लागि उनले चालूतर्फ ९ खर्ब ५७ अर्ब, पूँजीगतर्फ ४ खर्ब ८ अर्ब तथा वित्तीयतर्फ १ खर्ब ६७ अर्बसहित १५ खर्ब ३२ अर्बको बजेट विनियोजन गरेका छन्।
सरकारले आगामी वर्षका लागि ल्याएको बजेटको स्रोत व्यवस्थापनका लागि ९ खर्ब ८१ अर्ब राजश्व संकलन गर्ने र २ खर्ब ९८ अर्ब अन्तर्राष्ट्रिय ऋण र ५७ अर्ब सहायताबाट व्यवस्था गर्ने भएको छ।
सरकारले १ सय ९५ अर्ब आन्तरिक ऋण परिचालन गर्ने भएको छ।