सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की सांसद विमला विश्वकर्मा(विक) ले ‘गलबन्दी’ गीतका गायक प्रकाश सपूत र गायिका शान्ति श्री परियारमाथि कुजात भनेर अपमान गरिएको बताएकी छिन्।
मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले भने, ‘छोटो समयमा धेरै नेपालीहरूको मनमस्तिष्कमा पुग्न सफल गीत गाउने कलाकारहरूलाई अछूत, कुजात भनेर अपमान गरियो।’
गलबन्दी गीतसँग लय बाँझियो भन्ने शम्भु राईलाई समर्थन गर्ने नाममा दलित समुदायहरूलाई अपमान गर्ने सामाजिक सञ्जालहरूमा अभिव्यक्ति आइरहेको भए पनि सरकार मुखदर्शक बनेको उनले बताइन्।
उनले सरकार समक्ष यसलाई कानुन र नियमभित्र ल्याएर अविलम्ब कारबाहीको माग गरेकी छिन्।
गलबन्दी विषयलाई नै लिएर सोमबार नेपाली कांग्रेसका सांसद मीन विश्वकर्माले पनि गायक प्रकाश सपूतमाथि जातीय भेदभावको दृष्टि राखिएको बताएका थिए।