काठमाडौंको वसन्तपुरमा गुठी विधेयकविरूद्ध साँस्कृतिक कार्यक्रमका साथ विरोध प्रदर्शन गरिएको छ।
सोमबार साँझ यहाँका स्थानीयले संस्कृति तथा रितिरिवाज झल्किनेगरी बाजा बजाएर गुठी विधेयकको विरोध जनाए।
सरकारले संसदमा दर्ता गरेको गुठीसम्बन्धी विधेयकले साँस्कृतिक सम्पदा मासिने भन्दै वसन्तपुरका स्थानीयले संस्कृति तथा रितिरिवाज कायम राख्न गुठी विधेयक फिर्ता लिनुपर्ने माग गरे।
‘धर्म, संस्कृति, संस्कार र परम्परामाथिको प्रहार बन्द गर, गुठी हाम्रो देशको पहिचान हो, गुठी विधेयक खारेज गर’ लगायत लेखिएका प्लेकार्ड र ब्यानर बोकेर उनीहरूले विरोध प्रदर्शन गरेका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले भने विवादित गुठी विधेयकबारे आजै जनप्रतिनिधिसँग छलफल गरेका छन्।
गुठी विधेयक खारेज गर्नु पर्ने भन्दै चौतर्फी दबाब आएपछि प्रधानमन्त्रीले आजै जनप्रतिनिधिलाई छलफलका लागि डाकेका हुन्।
जनप्रतिनिधिहरूलाई उनले सो विधेयकबारे मन्त्रिपरिषद् बैठकमा गम्भीर छलफल गरिने आश्वासनसमेत दिएका छन्।
यो पनि :
जनप्रतिनिधिलाई प्रधानमन्त्रीले भनेः गुठी विधेयकबारे मन्त्रिपरिषदमा गम्भीर छलफल हुन्छ
तस्बिरहरू :