युरोप भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओली र बेलायतकी प्रधानमन्त्री थेरेसा मेबीच मंगलबार भेटवार्ता भएको छ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालका अनुसार ओली र मेबीच द्वीपक्षीय हित विषयमा कुराकानी भएको छ।
उक्त अवसरमा नेपाल र बेलायत विकास साझेदारी, पर्यटन प्रवर्द्धन र व्रिटिस गोरखासम्बन्धी विषयमा छलफल भएको अर्यालले जनाए।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले बेलायतका राजकुमार ह्यारीसँग लण्डनको केनसिंटन प्यालेसमा भेट गरेका थिए। भेटका क्रममा ओली र ह्यारीबीच नेपाल र बेलायतको सम्बन्धबारे छलफल भएको एजेन्सीहरुले जनाएका छन्।
सो क्रममा नेपाल र बेलायतबीच २०३ वर्षयता भएको कूटनीतिक सम्बन्धबारे छलफल भएको र सो सम्बन्ध अझ प्रगाढ हुने विश्वास ओलीले व्यक्त गरेका छन्।