राष्ट्रपति विद्यादेवी भण्डारीले इजरायलका लागि नेपालका आवासीय राजदूत अञ्जान शाक्यलाई साइप्रसका लागि गैरआवासीय राजदूत नियुक्त गरेकी छन्।
शाक्य नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा नियुक्त भएको राष्ट्रपति कार्यालयका प्रवक्ता छवीन्द्र पराजुलीद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।