दुई वर्षअघि मलेसियाको विमानस्थलमा हत्या गरिएका किम जोङ नाम अमेरिकी खुफिया एजेन्सी सिआइएका एजेन्ट भएको खुलेको छ।
अमेरिकाको प्रतिष्ठित समाचार पत्र वाल स्ट्रिट जर्नलले नामले सिआइएलाई सूचनाहरू उपलब्ध गराउने गरेको खुलेको समाचार प्रकाशन गरेको छ।
उत्तर कोरियाली नेता किम जोङ उनका सौतेनी दाइ नामको सिआइएसँग कुन तहको सम्बन्ध थियो भन्ने नखुले पनि उनीहरूको नेक्सस रहेको समाचारमा उल्लेख गरिएको छ।
हत्या गरिनुअघि फेब्रुअरी २०१७ मा सिआइएका मान्छेलाई भेट्न नाम क्वालालम्पुर गएका थिए। तर उनको यात्राका पछि अरू पनि उद्देश्य हुन सक्ने स्रोतहरूको दाबी छ।
अवकाश पाएका केही पूर्वअमेरिकी अधिकारीहरूले पनि प्राय: उत्तर कोरियाबाहिर नै बस्ने नामले प्योङयाङबारे धेरै गोप्य सूचनाहरू आफूलाई दिएको बताएका छन्।
क्वाललम्पुर विमानस्थलमा दुई जना महिला महिलाले उनीमाथि लिक्विड आक्रमण गरेका थिए।
अमेरिका र दक्षिण कोरियाले नामको हत्या उत्तर कोरियाले गरेको आरोप लगाए पनि उत्तर भने ती आरोपको खण्डन गरेको छ।