पाकिस्तानका पूर्वराष्ट्रपति असिफ अलि जर्दारी पक्राउ परेका छन्।
सम्पत्ति शुद्धिकरण मुद्दामा जर्दारीलाई पाकिस्तानको भ्रष्टाचार निवारण संस्थाले सोमबार पक्राउ गरको हो।
पूर्वप्रधानमन्त्री बेनजिर भुट्टोका पति जर्दारीमाथि कालो धन विदेश लिएर सेतो बनाएको आरोपमा मुद्दा चलिरहेको छ।
जमानत लम्बाइदिन जर्दारीले दिएको निवेदन अदालतले अस्वीकार गरिदिएपछि उनलाई पक्राउ गरिएको हो। जर्दारी अहिले पनि तल्लो सदनमा सांसद छन्।
गत वर्ष इमरान खान प्रधानमन्त्री बनेपछि पाकिस्तानमा धेरै जनालाई भ्रष्टाचार मुद्दामा पक्राउ गरिएको छ।