प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई गरिबनै बनाइराख्ने षडयन्त्र भइराखेको भन्दै त्यस्तो षडयन्त्रमा कोही पनि फस्न नहुने बताएका छन्।
भक्तपुरमा प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको सुरूआत गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।
उनले कतिपय मान्छेहरूले क्रान्तिका नाममा हिंसा भड्काउन खोजको भन्दै हिसांलाई नेपाली समाजले अस्वीकार गरिसकेको बताए।
प्रधानमन्त्री ओलीले सरकारले देश भित्रै रोजगारीका अवसर सृजना गर्ने पनि बताएका छन्।
रोजगारीका लागि नयाँ नयाँ अवसरको खोजी गर्ने र वैदेशिक रोजगारीको विकल्प खोजिने उनको भनाइ छ।
‘देशमा अहिले युवाको जनसंख्याको बाहुल्यता छ’ प्रधानमन्त्री ओलीले भने ‘यही युवा जनशक्तिको परिचालन गरेर हामीले देश विकासको फड्को मार्नु पर्दछ। युवाहरूलाई रोजगारीका लागि विदेश जानु पर्ने बाध्यता हटाउछौं।’
प्रधानमन्त्री ओलीले आजै कटुन्जे–सुवर्ण चौक–तीनधारा सडक निर्माणको पनि शिलान्यास गरेका छन्।