भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहणमा सहभागी भई प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्केका छन्।
दुई दिने भारत भ्रमणपछि फर्किएका उनले त्रिभुवन विमानस्थलमा संचारकर्मीहरुसँग भने कुनै प्रतिक्रिया दिएनन्। प्रधानमन्त्री ओलीलाई प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, पूर्व सभामुख सुवाष नेम्वाङलगायतले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरे।
त्यस अवसरमा प्रधानमन्त्री ओलीलाई नेपाली सेनाले सलामी समेत अर्पण गरेको थियो। भारत भ्रमणमा रहँदा प्रधानमन्त्री ओलीले आज बिहान नयाँदिल्लीको हैदरावाद हाउसमा मोदीसँग भेटवार्ता गरे।