भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका कडा आलोचक तथा यूवा नेता कन्हैयाकुमार बिहारको बेगुसरायबाट लोकसभामा पराजित भएका छन्।
भाजपा उम्मेदवार गिरिराज सिंहले भारतीय कम्युनिष्ट पार्टीका कन्हैयाकुमारको भन्दा झन्डै चार लाख बढी मत ल्याएर जित हासिल गरेका छन्।
गिरिराजले ६ लाख ३ हजार २२ मत पाएका छन् भने कन्हैयाले २ लाख ३६ हजार १३३ मत ल्याएका छन्।